National life

कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता रहेका शाही खोज्न गोताखोर परिचालन गर्ने तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ चैत २०८०, मङ्गलबार
471Shares
कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता रहेका शाही खोज्न गोताखोर परिचालन गर्ने तयारी
ncell

काठमाडौँ। कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका युवक खोज्न गोताखोर परिचालन गर्ने तयारी गरिएको छ।

सोमबार एकसाथ १७ जना युवाले क्रमशः कर्णाली पुलबाट हाम फालेका थिए । तीमध्ये लम्की चुहा नगरपालिका–३ चिसापनीका करिब ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता रहेका छन् ।

बेपत्ताको खोजी गर्न गोताखोर खटाउनेबारे सशस्त्र प्रहरी बलसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

Royal Enfield
nic asia capital
अहिले इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरेराम डाँगी नेतृत्वको टोली खोजी कार्य गरिरहेको छ ।

होली खेलेपछि नदीमा डाइभ हान्न गएका उनीहरूमध्ये शाही डाइभ हानेर हाम फाल्दा बेपत्ता भएका हुन् । अन्य १६ जनालाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । १७ जनाले क्रमशः कर्णाली पुलबाट हाम फालेको भिडियो हिजो साझदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
471SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?