National life
cg eloctronics

मुक्तिनाथ कागबेनी इन्भेस्टमेन्टको प्रथम वार्षिक साधारण सभा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२९ पुस २०८२, मङ्गलबार
1KShares
मुक्तिनाथ कागबेनी इन्भेस्टमेन्टको प्रथम वार्षिक साधारण सभा सम्पन्न
ncell

काठमाडौं। मुक्तिनाथ कागबेनी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा आइतबार पोखरामा सम्पन्न भएको छ । पोखरामा सम्पन्न भएको सभाले कम्पनीको वित्तीय अवस्था, लगानी रणनीति र आगामी विस्तार योजनालाई केन्द्रमा राख्दै महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

सञ्चालक समितिका अध्यक्ष चक्रपाणी सुवेदीको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गरी सेयरधनीहरूको छलफलपछि अनुमोदन गरिएको हो। सभाले कम्पनीको चालु आर्थिक वर्ष २०८२/८३का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नयाँ नेतृत्वसँगै कम्पनीको सञ्चालन अझ व्यावसायिक, पारदर्शी र परिणाममुखी हुने अपेक्षा सेयरधनीहरूले व्यक्त गरेका छन् । साधारण सभाले कम्पनीको जारी पूँजी संरचनालाई ३ करोड ६१ लाखबाट बढाएर १७ करोड रुपैयाँ पुर्‍याएको छ । सभाबाट कम्पनीको नियमावली संशोधन गरी लगानी क्षेत्रलाई थप विस्तार गरिएको छ।

अब कम्पनीले बैंकिङ तथा वित्तीय क्षेत्रसँगै आईपीओ, होटल तथा आतिथ्य, स्वास्थ्य सेवा, खेलकुद तथा पर्यटनजस्ता उच्च सम्भावनायुक्त क्षेत्रहरूमा समेत लगानी गर्न सक्नेछ। यसले कम्पनीको पोर्टफोलियो विविधिकरण भई जोखिम व्यवस्थापन र प्रतिफल दुवैमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

साधारण सभामा अध्यक्ष सुवेदीले कम्पनीको दुई वर्षको यात्रालाई स्थायित्व निर्माण र भविष्यको वृद्धिको आधार तयार गर्ने चरणका रूपमा उल्लेख गर्दै सेयरधनीको विश्वास र समर्थन नै कम्पनीको मुख्य शक्ति भएको बताए । पूँजी वृद्धि र लगानी क्षेत्र विस्तारसँगै मुक्तिनाथ कागबेनी इन्भेस्टमेन्ट कम्पनीलाई राष्ट्रियस्तरको बहुआयामिक लगानी संस्थाको रूपमा विकास गर्ने दिशामा अगाडि बढाइएको उनको भनाइ थियो । सञ्चालक सुवेदी पोखरास्थित होटल सहाराका सञ्चालकसमेत हुन् ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?