National life
cg eloctronics

एनएमबि बैंकले पाटा (PATA) / Visa सँगको सहकार्यमा नेपालको पर्यटन क्षेत्रमा सजिलो डिजिटल भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०९ मंसिर २०८२, मङ्गलबार
771Shares
एनएमबि बैंकले पाटा (PATA) / Visa सँगको सहकार्यमा नेपालको पर्यटन क्षेत्रमा सजिलो डिजिटल भुक्तानी
ncell

एनएमबि बैंकले पाटा (NMB Soft POS) सँगको सहकार्यमा नेपालको पर्यटन क्षेत्रमा सजिलो डिजिटल भुक्तानी गर्ने प्रविधि प्रयोगमा ल्याएको छ । एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र ख्ष्कब सँग सहकार्य गर्दै एनएमबि सफ्ट पस (NMB Soft POS) को प्रयोगलाई विस्तार गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ ।

सफ्ट पस एउटा यस्तो नयाँ प्रविधि हो जसले व्यवसायीहरूलाई कुनै भौतिक (Physical) मेसिन बिना नै आफ्नो ल्ँऋ इनेबल्ड एन्ड्रोइड स्मार्टफोनको माध्थबाट डिजिटल कार्ड मार्फत भुक्तानी स्वीकार गर्ने अनुमति प्राप्त गर्नेछन ।

पाटा नेपाल च्याप्टरले मुख्यत होटल, ट्राभल एजेन्सी, एयरलाइन्स लगायत पर्यटन क्षेत्रका सरोकारवालाहरूलाई प्रतिनिधित्व गर्दछ । यस साझेदारी मार्फत, एनएमबि बैंकको लक्ष्य पाटाका सदस्यहरूलाई प्रविधि मैत्री बनाउनु रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एनएमबि सफ्ट पसको प्रयोगले पाटाका सदस्यहरूले आफ्नो भुक्तानी प्रक्रियालाई अझ सुविधाजनक, सुरक्षित र छिटो बनाउन सक्नेछन् । यसले गर्दा पर्यटक र ग्राहकहरूलाई सजिलै भुक्तानी गर्न मद्दत पुग्नेछ ।

यो प्रविधिको बढ्दो प्रयोगले डिजिटल कारोबारको मात्रा बढाउनुका साथै वित्तीय पहुँचलाई बढावा दिनेछ र सम्पूर्ण पर्यटन क्षेत्रमा आधुनिक डिजिटल भुक्तानी विधिहरूको स्वीकार्यता विस्तार गर्न मद्दत गर्नेछ ।

एनएमबि बैंक र पाटा नेपाल च्याप्टर दुवैको यो संयुक्त प्रयासले नेपालको पर्यटन उद्योगलाई डिजिटल रूपमा अझ उन्नत बनाउने विश्वास व्यक्त गरेका छन् । एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८४ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
771SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?