National life
cg eloctronics

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट सञ्चालनमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०८ मंसिर २०८२, सोमबार
719Shares
सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट सञ्चालनमा
ncell

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले“सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” संचालनमा ल्याएको छ । बैंकले सोमबार बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” को प्रारम्भ गरेका हुन् ।

सार्वजनिक गरिएको बचत खाताले युवाहरू विशेषगरी विद्यार्थी, फ्रीलान्सर, क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय जनसमुदायलाई उनीहरूको जीवनशैली अनुरूपको वित्तीय आवश्यकताको समाधान प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

यस बचत खाताका विशेषताहरुमा न्यूनतम १०० रुपैयाँमा नै खाता सञ्चालन गर्न सकिनुका साथै वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । साथै, युवाग्राहकको कारोवारलाई सहज बनाउन चेकबुक, डिम्याट खाता, सि–आश्वा कमिशन तथा सि–आश्वा रेजिष्ट्रेशन जस्ता महत्वपूर्ण सेवाहरू पहिलो वर्ष निःशुल्क उपलब्ध गराइनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

डिजिटल सेवामा अझै बढी प्रोत्साहन दिन बैंकले एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ गरी चारै सेवा एकैपटक लिएमा मात्र ५०० रुपैयाँमा उपलब्ध हुने विशेष बन्डल्डसुविधा समेत राखेको छ, जसले युवाग्राहकलाई न्यून लागतमा सम्पूर्ण डिजिटल सुविधको पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ।

यो समाचार शेयर गर्नुहोस्
719SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?