काठमाडौँ। नाग ढुङ्गा–नौबिसे सडक खण्ड फेरि अवरुद्ध भएको छ । हिजो रातिदेखि परेको अविरल वर्षाले आज बिहान उक्त सडक खण्डको ठाउँ ठाउँमा खसेको पहिरोका कारण त्रिभुवन राजपथ नाग ढुङ्गा नौबिसे सडक खण्ड अवरुद्ध भएको हो।
धुनीवेशी नगरपालिका–९ खत्रिपौवा भन्ने स्थानमा सुरुङ्ग मार्ग नजिकै लेदो सहितको पहिरो आउँदा बिहानैदेखि सडक अवरुद्ध भएको छ। अहिले सडकको दुवैतर्फको यातायात बन्द रहेको छ।
यसका कारण राजधानीबाट बाहिरिने तथा प्रवेशका लागी आएका सवारीका साधनहरूको लामो जाम लागेको छ। यति बेला पहिरो पन्छाउने कार्य भइरहेको छ। केही समय भित्रै एकतर्फी सडक सुचारु गर्ने प्रहरीले जानकारी दिएको छ।
































