National life

काठमाडौं–तराई फास्ट ट्र्याक समयमै सम्पन्न हुने सेनाको दाबी, ४५% भौतिक प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१६ माघ २०८२, शुक्रबार
1.1kShares
काठमाडौं–तराई फास्ट ट्र्याक समयमै सम्पन्न हुने सेनाको दाबी, ४५% भौतिक प्रगति
ncell

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेश प्रदेशसँग जोड्ने रणनीतिक पूर्वाधार परियोजना काठमाडौं–तराई फास्ट ट्र्याक तोकिएको समयभित्रै पूरा गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढिरहेको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सरकारले दिएको समयसीमा अनुसार २०८३ चैत मसान्तभित्र आयोजना सम्पन्न गर्नेगरी काम भइरहेको छ। उनले सरकारबाट प्राप्त म्यादलाई आधार मानेर निर्माण कार्य तीव्र रुपमा अघि बढाइएको बताए।

हालसम्म फास्ट ट्र्याकको समग्र भौतिक प्रगति ४५.१६ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४५.३३ प्रतिशत रहेको सेनाले जानकारी दिएको छ।

Royal Enfield
nic asia capital

यस आयोजनाअन्तर्गत कुल १०.९७९ किलोमिटर लामो सुरुङ निर्माण गर्नुपर्नेछ। तीमध्ये लेन डाँडामा १.६२६ किलोमिटर र धेद्रेको १.६९१ किलोमिटर सुरुङको ब्रेक–थ्रु सम्पन्न भइसकेको छ। महादेवटार क्षेत्रमा निर्माणाधीन सुरुङको करिब ७० प्रतिशत काम सकिएको छ।

सहायक रथी बस्नेतका अनुसार फास्ट ट्र्याकमा निर्माण गरिनुपर्ने ८९ वटा पुलमध्ये १३ वटा पूर्ण रुपमा तयार भइसकेका छन्। बाँकी पुलहरूमध्ये ८५ वटाको ठेक्का सम्झौता भई निर्माण प्रक्रिया सुरु भइसकेको उनले बताए।

निर्माणका क्रममा करिब ५४ हजार रुख काट्नुपरेको थियो। त्यसको क्षतिपूर्ति स्वरूप हालसम्म ७ लाख ५० हजारभन्दा बढी बिरुवा रोपिएको र तीमध्ये १ लाख ५१ हजार बिरुवा हुर्काएर सामुदायिक वन समूहलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ।

यद्यपि, खोकना क्षेत्रसँग सम्बन्धित विवाद अझै समाधान हुन नसकेको सेनाले स्वीकार गरेको छ। उक्त विषय टुंग्याउन सम्बन्धित सबै निकायको सहकार्यमा प्रयास जारी रहेको जनाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?