National life
cg eloctronics

आन्दोलन र भ्रामक समाचारति विश्वस्त नहुन व्यावसायिक घरानाहरूको अपिल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० भदौ २०८२, सोमबार
1.3kShares
आन्दोलन र भ्रामक समाचारति विश्वस्त नहुन व्यावसायिक घरानाहरूको अपिल
ncell

काठमाडौँ । भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनले मुलुकमा नयाँ राजनीतिक र सामाजिक परिवर्तन ल्याएको भन्दै शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको छ । आन्दोलनमा घाइते भएकाहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै व्यावसायिक घरानाहरूले पछिल्लो समयमा आफ्ना नामसँग जोडिएका भ्रामक समाचारप्रति आपत्ति जनाएका छन् ।

इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक साहिल अग्रवालले संयुक्त रूपमा जारी गरेको वक्तव्यमा जन–जेडका अगुवा सुदन गुरुङसँग वर्तमान गतिविधि वा संस्थागत सम्बन्ध नरहेको प्रष्ट पारिएको छ । उनीहरूले कोभिड–१९ महामारीको समयमा मात्र ‘हामी नेपाल’ नामक संस्थामार्फत सहयोग गरेको स्मरण गर्दै त्यसयता कुनै सहकार्य नभएको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

"हामीले महामारीमा गरिएको सहयोग पारदर्शी र सामाजिक उत्तरदायित्वअन्तर्गतको मात्र हो," वक्तव्यमा उल्लेख छ । तर पछिल्लो समय केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गुरुङसँग जोडेर इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपमाथि आएको समाचारलाई "पूर्ण रूपमा भ्रामक" भनिएको छ ।

वक्तव्यमा जन–जेड आन्दोलनकै क्रममा व्यावसायिक संस्थाहरूमा भएको तोडफोड, लुटपाट र आगजनीप्रति चिन्ता व्यक्त गरिएको छ । यसै क्रममा जगदम्बा हस्पिटालिटी समूह अन्तर्गत भर्खरै सञ्चालनमा आएको होटल हिल्टनमा आगजनी हुँदा ठूलो क्षति पुगेको उल्लेख गरिएको छ ।

"यो केवल भौतिक क्षति मात्र होइन, नेपालको पर्यटन, व्यापार र अर्थतन्त्रमै गहिरो असर पुगेको छ," वक्तव्यमा भनिएको छ, "यसले नेपालको दारुण चित्र संसारभर प्रस्तुत गरेको छ ।"

तर, लगानीकर्ताहरूले यो संकटलाई पार गरेर पुनः उद्यमशीलता अघि बढाउने प्रतिबद्धता जनाएका छन् । "हामी विचलित भएका छैनौं, फेरि उठ्नेछौं र नेपाल र नेपालीको लागि योगदान गर्न सक्नेछौं भन्ने दृढ विश्वास राख्छौं," भट्ट र अग्रवालले जनाएका छन् ।

साथै, उनीहरूले सामाजिक सञ्जाल र अनलाइनमा आएका कपोलकल्पित समाचारप्रति विश्वस्त नहुन आम नेपालीलाई अपिल गरेका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?