National life
cg eloctronics

क्षतिग्रस्त संरचना पुनर्निर्माणमा निर्माण परिषद्को एक करोड सहयोग

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०३ मंसिर २०८२, बुधबार
496Shares
क्षतिग्रस्त संरचना पुनर्निर्माणमा निर्माण परिषद्को एक करोड सहयोग
ncell

काठमाडौँ । जेन*जी आन्दोलनका कारण भएको क्षतिलाई चाँडो सम्बोधन गर्ने उद्देश्यले निर्माण व्यवसाय विकास परिषद्बले पुनर्निर्माण तथा राहतका लागि स्थापना गरिएको कोषमा एक करोड रुपैयाँ थप योगदान गरेको छ।

परिषद् मातहत रहेको निर्माण व्यवसायी कोषबाट बुधबार भौतिक पुनर्निर्माण कोषमा रकम बुझाइएको हो। परिषद्का अध्यक्षसमेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई चेक हस्तान्तरण गरे। यससँगै कोषमा जम्मा रकम ७ करोड ५४ लाख रुपैयाँ पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आन्दोलनले क्षति पुर्‍याएका सार्वजनिक तथा सरकारी संरचनाको पुनःस्थापना, आर्थिक पुनरुत्थान र राहत कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारद्वारा अर्थमन्त्रीको अध्यक्षतामा भौतिक पुनर्निर्माण समिति गठन गरिएको छ।

समितिको हालैको बैठकले कोषमा जम्मा भएको रकमलाई क्षतिग्रस्त संरचनाको विस्तृत इन्जिनियरिङ डिजाइन ९डीईडी० तयार पार्न, सार्वजनिक भवन तथा सेवा केन्द्रहरूको तत्काल मर्मतसम्भार गरी सेवा संचालन पुनःस्थापना गर्न तथा आवश्यक पुनर्स्थापना तथा राहत कार्यक्रम अघि बढाउन उपयोग गर्ने निर्णय गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
496SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?