National life
cg eloctronics

जेनजी आन्दोलनबाट उद्योगमा ३६ अर्बको क्षति पुगेको अनुमान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असोज २०८२, बुधबार
464Shares
जेनजी आन्दोलनबाट उद्योगमा ३६ अर्बको क्षति पुगेको अनुमान
ncell

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन तथा आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट नेपाल उद्योग परिसंघ (सीएनआई) मातहतका उद्योग व्यवसायमा करिब ३६ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । परिसंघले क्षतिको विवरण संकलन र मूल्यांकन कार्य भइरहेको भन्दै वास्तविक रकम अझै बढ्न सक्ने जनाएको छ ।

यी घटनाबाट मुलुकभर सञ्चालनमा रहेका उद्योग व्यवसायमा करिब साढे १५ हजार रोजगारी प्रत्यक्ष प्रभावित भएको बताइएको छ । सीएनआईमा मात्र ३५० साना तथा मझौला उद्योगी सदस्य छन् भने मुलुकभर करिब ७ हजार सदस्य रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रदर्शनको क्रममा होटल तथा पर्यटन क्षेत्र, भाटभटेनी सुपरमार्केट, चौधरी ग्रुप, चन्द्रागिरी केबलकार, मौलाकालीका केबलकारलगायतका व्यवसाय प्रभावित भएका छन् । होटल संघ नेपाल ९हान०का अनुसार करिब २५ होटलमा आक्रमण हुँदा दुई हजारजति रोजगारी प्रभावित भएका छन् ।

भाटभटेनी सुपरमार्केटमा मात्र १० हजार कर्मचारी कार्यरत थिए । तीमध्ये २१ शाखा क्षतिग्रस्त भएका छन् । हालसम्म ९ शाखा पुनः सञ्चालनमा आएका छन् भने बाँकी १२ पूर्ण रूपमा ध्वस्त भई सञ्चालन रोकिएको छ ।

यद्यपि, व्यवसायिक घरानाहरूले तत्काल कर्मचारीलाई रोजगारीबाट नहटाउने बताएका छन् । त्यसैले रोजगारी गुम्ने भन्दा पनि केही समयका लागि प्रभावित हुने अवस्था देखिएको विश्लेषण गरिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
464SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?