National life
cg eloctronics

निजी क्षेत्रका प्रतिनिधी र अर्थमन्त्रीबीच भेटवार्ता, कर संरचना सुधारका लागि ध्यानाकर्षण

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२८ फागुन २०८२, बिहिबार
1.1kShares
निजी क्षेत्रका प्रतिनिधी र अर्थमन्त्रीबीच भेटवार्ता, कर संरचना सुधारका लागि ध्यानाकर्षण
ncell

काठमाडौँ। अर्थमन्त्री रामेश्वर प्रसाद खनालले निजी क्षेत्रका प्रतिनिधि संस्थाका नेतृत्वसँग भेटघाट गरी समसामयिक आर्थिक विषयमा छलफल गरेका छन्।

बिहीबार अर्थ मन्त्रालयमा आयोजित भेटमा निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खेमराज भण्डारी सहभागी थिए।

बैठकमा देशको वर्तमान आर्थिक अवस्था र निजी क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा विचार आदानप्रदान गरिएको थियो। भेटका क्रममा अर्थमन्त्री खनालले आफू अर्थमन्त्री रहँदा निजी क्षेत्रबाट प्राप्त सहयोग, सुझाव र साथका लागि धन्यवाद व्यक्त गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले आफ्नो कार्यकालको सुरुवाती चरणमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनका कारण व्यापारिक वातावरणमा नकारात्मक असर परेको र निजी क्षेत्रको मनोबल कमजोर बनेको स्मरण गर्दै सबै पक्षको संयुक्त प्रयासबाट अहिले व्यवसायिक वातावरण क्रमशः सुधारतर्फ गएको बताए।

खनालले समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, लगानीमैत्री वातावरण बनाउने, स्वदेशी उद्योगलाई संरक्षण गर्दै निर्यात प्रवर्द्धन गर्ने, पूँजी बजारलाई पारदर्शी तथा लगानीकर्तामैत्री बनाउने र आर्थिक सुशासन मजबुत पार्ने लक्ष्यका साथ विभिन्न क्षेत्रबाट आएका सुझावलाई नीतिमा समेट्ने प्रयास गरिएको जानकारी दिए।

साथै, नीतिगत जटिलता र वर्तमान परिस्थितिका कारण आफ्नो कार्यकालमा पूरा हुन नसकेका कामहरू आगामी अर्थमन्त्रीलाई हस्तान्तरण गरिने पनि उनले बताए। छलफलमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले अर्थमन्त्री खनालले आफ्ना कार्यकालमा निजी क्षेत्रले उठाएका विषयप्रति देखाएको चासो र समस्या समाधानका लागि गरेको प्रयासप्रति आभार व्यक्त गरे।

यसै क्रममा निजी क्षेत्रले उठाएका मूल्यअभिवृद्धि करतर्फ बहुदरमा जानु पर्ने, कच्चा पदार्थको आयातमा लाग्ने कर र तयारी वस्तुको आयातमा लाग्ने करको कम्तीमा दुई तह न्यून हुनु पर्ने, सरकारले वेटलेस/बाउन्ड्रीलेस उत्पादन तथा निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने, नियमनकारी निकायहरुको प्रभावकारिता परीक्षण गरिनु पर्ने, अन्तशुल्कतर्फका उच्च दरवन्दी घटाइनु पर्ने जस्ता विषयहरु सम्बोधन हुन बाँकी रहेको विषयमा अर्थमन्त्रीको धयानाकर्षण गराए ।

उनीहरूले मुलुकको दिगो विकास र आर्थिक समृद्धिका लागि राजनीतिक स्थायित्व अत्यन्त आवश्यक रहेको धारणा राख्दै हालै सम्पन्न निर्वाचनको परिणामप्रति निजी क्षेत्र सकारात्मक रहेको बताए। साथै निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन वातावरण बनाएकोमा वर्तमान सरकारप्रति धन्यवाद पनि व्यक्त गरे।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?