National life
cg eloctronics

बन्दीपुर केबलकारको आईपीओ बाँडफाँड सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० भदौ २०८२, सोमबार
808Shares
बन्दीपुर केबलकारको आईपीओ बाँडफाँड सम्पन्न
ncell

काठमाडौँ। बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टले आज दिउँसो गोलाप्रथामार्फत बाँडफाँड गरेको हो।

बिक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओमा २४ लाख ३९ हजार ५७१ आवेदकबाट २ करोड ७८ लाख ६१ हजार ८२० कित्ताको माग परेको थियो। तर, २४ लाख २२ हजार १७७ जनाको आवेदन मात्र योग्य ठहरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गर्दा ४ लाख ३४ हजार १०८ जनाले मात्र १०–१० कित्ता शेयर पाएका छन्। बाँकी आवेदक भने शेयरविहीन बनेका छन्। बाँडफाँडको नतिजा छिट्टै प्रकाशन गरिनेछ।

यसअघि कम्पनीले भदौ ११ देखि १५ गतेसम्म आम सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्काशन गरेको थियो। आयोजना प्रभावित तनहुँ र गोरखा जिल्लाका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई भने यसअघि नै शेयर वितरण भइसकेको छ।

नेपाल धितोपत्र बोर्डले असार १९ गते आईपीओ निष्काशनको अनुमति दिएको थियो। बोर्डको अनुमति पश्चात कम्पनीले कुल ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर बजारमा ल्याएको हो।

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले तनहुँमा केबलकार र होटल सञ्चालन गरिरहेको छ। डुम्रे बजार नजिकै रहेको केबलकारचोकबाट बन्दीपुर मन्दिरसम्मको करिब १,७०० मिटर दूरी यात्रुहरूले केवलकारमार्फत ७ मिनेटमै पार गर्न सक्छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
808SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?