काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले दशैं, तिहार र छठ पर्वको अवसरमा “स्मार्ट सेलिब्रेशन विद एससीटी” अफर सुरु गरेको छ।
यस योजनाअन्तर्गत एससीटी-युनियनपे कार्डधारकहरूले बिगमार्टमा सामान किन्दा प्रत्येक कारोबारमा अधिकतम १०० रुपैयाँसम्म १० प्रतिशत छुट पाउनेछन्। अफर असोज ६ (घटस्थापना) देखि कार्तिक १० (छठ पूजासम्म) लागू हुनेछ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त भुक्तानी प्रणाली सञ्चालक (PSO) एससीटीले आफ्नो ग्राहकलाई डिजिटल कारोबारमा आकर्षित गर्न यो अफर ल्याएको हो। कम्पनीका अनुसार हालसम्म २३ वटा वाणिज्य बैंक र १०० भन्दा बढी सहकारी संस्थासँगको साझेदारीमार्फत एससीटीले देशभर डिजिटल भुक्तानी प्रवर्द्धन गर्दै आएको छ।
यस अभियानमार्फत एससीटीले उपभोक्तालाई नजिकैको सदस्य बैंकमार्फत एससीटी-युनियनपे कार्ड लिन र यस किसिमका छुट योजनामा सहभागी हुन आह्वान गरेको छ।





































