काठमाडौं । सामाजिक सुरक्षा कोषले साउन महिनाको योगदान रकम जम्मा गर्ने अवधि थपिएको जानकारी दिएको छ।
कोषका अनुसार, देशमा विद्यमान असहज परिस्थितिका कारण साउन महिनाको योगदान रकम जम्मा गर्ने अन्तिम म्याद ५ असोजसम्म लम्ब्याइएको छ। यसअनुसार रोजगारदाता र योगदानकर्ताले सो रकम कोषमा जम्मा गर्न सक्नेछन्।





































