National life
cg eloctronics

सुशासन, उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने घोषणा पत्र ल्याउँछौ : देव गुरुङ

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१८ माघ २०८२, आइतबार
980Shares
सुशासन, उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने घोषणा पत्र ल्याउँछौ : देव गुरुङ
ncell

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता देव गुरुङले आगामी निर्वाचनको लागि नेकपाले उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट नेपाललाई मुक्त हुने गरी घोषण पत्र ल्याउने बताए।

नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको दलको घोषणा पत्रमा आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै गुरुङले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा रहेको भन्दै त्यसलाई केन्द्रित गरेर ल्याउने बताए ।

उनले नेपालको अर्थतन्त्र सुधार गर्न सुशासनलाई पहिलो एजेण्डा बनाउने बताए । ‘नेपाली अर्थतन्त्र उत्पादन मुखी बनाउन हामीले जोड दिएका छौँ। आत्मनिर्भर बनाउन हामीले उत्पादन बढाउन सहकारी र सार्वजनिक क्षेत्रलाई जोड दिएको छौँ’ उनले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गुरुङले रोजगारीमुखी अर्थतन्त्र, कृषि उपजको बजार विस्तारमा जोड दिनेगरी घोषण पत्रमा आउने बताए । ठूला उद्योगहरुलाई प्राथमिकता दिएर गेम चेन्जर परियोजनालाई जोड दिनेमा उनको दाबी छ ।

‘साामजिक सेवालाई गुणस्तरीय र राज्यलाई सेवामुखी बनाउन जोड दिएका छौँ भने समावेशी अर्थतन्त्र, वाताावरण मैत्री अर्थतन्त्र समेत घोषणा पत्रमा आउँछ’ उनले सुनाए ।

डिजिटल अर्थतन्त्रको विकास हुने खालको र कार्यान्वयनमुखी घोषणा पत्र ल्याउने भन्दै उनले विगतमा धेरै प्रचारमुखी भएको भन्दै यो पटक कार्यान्वयन हुनेखालको घोषण पत्र ल्याउने दाबी गरेका हुन् ।

युद्धअर्थतन्त्रबाट मुक्त हुन पर्छ

घोषणापत्र कार्यान्वयन हुन नसक्नुको कारण राष्ट्रिय, अन्तराष्ट्रिय परिस्थिती भएको उनले बताए । उनले विश्व बजार युद्ध अर्थतन्त्रमा गइरहेको भन्दै विश्व आतंकित दिशामा रहेको भन्दै अर्थतन्त्र पश्चिम केन्द्रित भइरहेका बताए । उनले भने ‘युद्ध अर्थतन्त्रबाट नेपाललाई मुक्त हुनेगरी घोषण पत्र ल्याउँछौ । ’

‘संविधान क्रियाशिल छैन, सरकार निर्दलीय’

नेता गुरुङले अहिले देशमा संविधान क्रियाशिल नभएको भन्दै जेनजीको नाममा निर्दलिय सरकार रहेको बताए । निर्वाचनको निष्पक्षतामा शंका गर्दै उनले भने ‘दलहरु पर्यवेक्षकको रुपमा मात्रै छन् । दलीय प्रणाली पूर्ण क्रियाशिल छ की छैन यो बहसमै छ । निष्पक्ष स्वतन्त्र ढंगले निर्वाचन भए दलहरु पुनःस्थापित भए मान्न सकिन्छ। तर निर्वाचनबाट प्रोक्सी दलहरु आउने त होइन भन्ने शंका छ।’

यो समाचार शेयर गर्नुहोस्
980SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?