National life

इटहरीका भित्रका सबै विद्यालयमा एउटै पोशाक, टाई हटाएर भादगाउँले टोपी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ माघ २०८०, शुक्रबार
467Shares
इटहरीका भित्रका सबै विद्यालयमा एउटै पोशाक, टाई हटाएर भादगाउँले टोपी
ncell

काठमाडौं । इटहरी उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रबाट निजी तथा सरकारी विद्यालयका विद्यार्थीका लागि एउटै पोशाक लागू गर्ने निर्णय गरेको छ ।

नगर शिक्षा समितिले नयाँ शैक्षिक सत्रका लागि एउटै पोशाक लागू गर्ने निर्णय गरेको नगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिएका छन्।

इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरि १७० वटा विद्यालय छन् । ती सबै विद्यालयमा ६३ हजार ५ सय २६ विद्यार्थी अध्ययनरत छन् ।

Royal Enfield
nic asia capital
इटहरी भित्रका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एकैखालको पोशाक लगाउनुपर्ने निर्णय गरेको नगर प्रमुख पौडेलको भनाई छ ।

त्यो संगै उपमहानगरपालिकाले विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउनु पर्ने पनि निर्णय गरेको छ। ‘विद्यार्थीको पोशाक देखेर इटहरीका विद्यालयको विद्यार्थी रहेछ भनेर सबैले चिनून् भन्ने उद्देश्य पनि हो,’ उनले भने,‘ निजी स्कुलले स्कुलबाटै बिक्री गर्ने ड्रेसलाई रोक्ने पनि अभियान हो ।

नगरले उपमहानगरका कर्मचारी र जनप्रतिनिधिहरुको छोराछोरी अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय गरेको छ। त्यस्तै विद्यालयमा भर्ना शुल्क वापत एक पटक लिएपछि हरेक वर्ष शुल्क लिन नपाइने निर्णय पनि गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
467SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?