काठमाडौँ। नेपाल नर्सिङ परिषद्ले शनिवार सञ्चालन गरेको पीसीएल र बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा ७० प्रतिशत उत्तीर्ण भएका छन् ।
परिषद्का रजिस्ट्रार शुक्ला खनालले दिएको जानकारी अनुसार पीसीएल तर्फ परीक्षामा सहभागि भएका ४ हजार ५६७ जनामध्येबाट ३ हजार २५५ जना अर्थात ७१.२७ प्रतिशत उत्तीर्ण भएका छन्।
यस्तै बीएस्सी नर्सिङ तर्फ ४४५ सहभागी भएकोमा २६८ जनामध्येमा ६०.२२ प्रतिशत उत्तीर्ण भएका छन् ।
दुबै तहको कुल उत्तीर्ण प्रतिशत एकीकृत गर्दा भने ७०.२९ रहेको छ। परिषद्ले लिएको यो पीसीएल तर्फको ३५औँ नाम दर्ता परीक्षा हो भने बीएस्सी तर्फ पाँचौँ नाम दर्ता प्रमाणपत्र परीक्षा हो ।


































