काठमाडौं । विद्यार्थीहरुलाइ दिवा खाजा वितरणको लागि सरकारले ८ अर्ब रुपैयाँ बिनियोजन गरेको घोषणा गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१। ०८२ को बजेट भाषण मार्फत कक्षा पाँचसम्मका करिव ३० लाख विद्यार्थीहरुको लागि उक्त बजेट विनियोजन गरेको बताए ।
साथै, उनले सम्पूर्ण स्थानीय तहका विद्यालयहरुमा वितरण गरिने दिवा खाजामा स्थानीय उत्पादन र स्थानीय परिकारलाई बढी प्राथमिकता दिने बताए ।


































