National life

तिहारमा कुकुरको किन पुजा गरिन्छ ? यस्ता छन् कारणहरु

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०३ कात्तिक २०८२, सोमबार
1.1kShares
तिहारमा कुकुरको किन पुजा गरिन्छ ? यस्ता छन् कारणहरु
ncell

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार, अर्थात् यमपञ्चक सुरु भइसकेको छ ।

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । हिन्दू धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीको साथै यमराजको दूतका रुपमा वर्णन गरिएको छ ।

Royal Enfield
nic asia capital
कुकुर तिहारको दिन कुकुरलाई पूजाआजा गरी माला लगाइदिने कुकुरलाई मन पर्ने खानेकुरा खान दिने चलन छ ।

यस दिन कुकुरलाई खान नदिई भोजन गर्दा यमराजबाट दण्ड पाइन्छ भन्ने जनविश्वास छ । त्यसैले यस दिन बिहान सबेरै नित्यकर्म र स्नान गरिसकेपछि कुकरको पूजाआजा गर्ने चलन छ ।

कुकुरले घरको रेखदेख तथा चोरी डकैतीबाट बचाउने, विभिन्न अपराधी पत्ता लगाउने र अध्ययन अनुसन्धानमा सहयोगी भूमिका निभाउँदछ । यसले कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ति आइपर्नु अघि सूचना समेत दिन्छ । भगवान् भैरवको वाहन कुकुरले मृत्यूपश्चात पनि मोक्षको द्वारमा पहरा दिने गरेको धर्मशास्त्रमा उल्लेख छ ।

आजको दिन मासको पातको तरकारी खाने चलन रहेको छ । लिङ्ग पुराण अनुसार मासको पातको साग खाँदा मानिसले जीवनकालमा गरेका पाप नास हुन्छन् भन्ने जनविश्वास छ । त्यस्तै पाप नास गर्न तथा नरकलाई खुसी पार्न नरक नुहाउने चलन पनि छ । यसरी नरक नुहाइसके पछि दीप दान गर्ने तथा आलसको बोट बालेर आगो तापिन्छ। यसो गर्दा पापहरु नास भई मरेपछि स्वर्गको बास हुने विश्वास छ ।

कुकुर तिहारका दिन बिहानै अरुणोदय कालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदिप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।

त्यस्तै ऋगवेदमा देव कुकुर्नी शरमाले इन्द्रको दूत बनेर असुर व्यापारीहरूसित वार्ता गरेको प्रसङ्ग छ । पौराणिक प्रसङ्गमा शरमाका छाउरालाई सानो गल्तीका कारण यज्ञकर्ताहरूले कुटेकाले कुकुर्नीले उनीहरूलाई श्राप दिएको प्रसङ्ग उल्लेख छ । महाभारतमा पाण्डवहरू स्वर्ग जाने बेलामा युधिष्ठिरले आफ्नो कुकुरलाई पनि सँगै लिएर स्वर्ग गएको किंवदन्ती छ । उक्त कथामा कुकुरलाई यमराज वा धर्मराजकै स्वरूपको रुपमा वर्णन गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?