National life

पोखरा सहकारीको ८९ करोड रकम घोटाला ,७ जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१९ कात्तिक २०८२, बुधबार
995Shares
पोखरा सहकारीको ८९ करोड रकम घोटाला ,७ जना पक्राउ
ncell

काठमाडौँ । पोखरा बचत तथा ऋण सहकारी संस्थाको ठुलो रकम हिनामिना भएको छ । सहकारीको रकम हिनामिना आरोपमा कास्की प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, सचिव दिल बहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रसाद गुरुङ रहेका । यस्तै, सदस्य दोर्जे तामाङ, सुपरभाइज मार्केट प्रमुख, बेदीप्रसाद सुवेदीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

Royal Enfield
nic asia capital

वित्तीय विश्लेषक निर्मल गौतमको समितिले गरेको अध्ययनका अनुसार सहकारीको करिब ८९ करोड हिनामिना भएको देखिएको छ । उक्त संस्थाका पदाधिकारी, व्यवस्थापक र कर्मचारीहरु मिलेर सहकारीमा सङ्कलित रकम हिनामिना गरेका हुन् ।

कार्यसमिति, पूर्वपदाधिकारी तथा सञ्चालकले व्यक्तिगत स्वार्थअनुसार रकम हिनामिना गरेको पाइएको छ । कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार पक्राउमा परेकाहरूलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर अनुसन्धान थालिएको बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
995SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?