National life

उद्योग वाणिज्य महासंघद्वारा सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता गर्न आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० असोज २०८२, शुक्रबार
1.1kShares
उद्योग वाणिज्य महासंघद्वारा सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता गर्न आग्रह
ncell

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा व्यावसायिक तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न सरकारसँग आग्रह गरेको छ। महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति तथा कानुनमन्त्री अनिलकुमार सिन्हासँग उद्योग मन्त्रालयमा भेट गर्दै यस्तो माग राखेको हो।

जेन–जी आन्दोलनका क्रममा उद्योगी–व्यवसायीका उद्योग, प्रतिष्ठान, कार्यालय तथा निवासमा भएको तोडफोड र आगजनीले करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको भन्दै महासंघले दोषीमाथि कडा कारबाही र सम्पत्तिको सुरक्षामा सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

अध्यक्ष ढकालले निजी क्षेत्र मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान र रोजगारीमा ८६ प्रतिशत हिस्सा रहेको उल्लेख गर्दै निर्वाध काम गर्न पाउने सुनिश्चितता आवश्यक भएको बताए।

Royal Enfield
nic asia capital
मन्त्री सिन्हाले ठूलो क्षति हुँदाहुँदै निजी क्षेत्रले देखाएको सहयोगलाई सकारात्मक भन्दै उद्योग–व्यवसाय पुनरुत्थानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

महासंघका पदाधिकारीहरूले आन्दोलनका बेला निजी क्षेत्र निरन्तर आक्रमणमा पर्ने भएकाले दृष्टिकोण परिवर्तन आवश्यक रहेको बताए। उनीहरूले कानुनी राज्यको प्रत्याभूति, सुशासन कायम र स्वदेशी वस्तुको उपयोगलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव समेत दिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?