National life
cg eloctronics

काठमाडौँ महोत्सव २०८२' भृकुटीमण्डपमा हुने, २०० भन्दा बढी व्यवसायिक स्टलको सहभागिता

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२५ मंसिर २०८२, बिहिबार
1KShares
काठमाडौँ महोत्सव २०८२' भृकुटीमण्डपमा हुने, २०० भन्दा बढी व्यवसायिक स्टलको सहभागिता
ncell

काठमाडौँ नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (NCICK) ले “काठमाडौँ महोत्सव २०८२ – Kathmandu Business Expo 2026” आयोजना गर्ने घोषणा गरेको छ। महोत्सव आगामी माघ १४ देखि १७ गतेसम्म काठमाडौंको ऐतिहासिक भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा हुने भएको हो।

काठमाडौँ उपत्यकाको आर्थिक, सांस्कृतिक र पर्यटन पहिचानलाई अझ मजबुत बनाउने उद्देश्यसहित आयोजना हुने महोत्सवले स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यवसाय तथा नवप्रवर्तनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको संघले जनाएको छ। उदीयमान उद्यमी, स्टार्टअप तथा घरेलु उद्योगलाई बजार, अवसर र दृश्यता प्रदान गर्नु यसको मुख्य उद्देश्य रहेको छ।

संघका अनुसार महोत्सवमा करिब २०० अत्याधुनिक व्यवसायिक स्टलहरू रहनेछन्। स्थानीय उत्पादन र सेवाको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड फेस्ट, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृति प्रदर्शन, विषयगत झाँकी, पर्यटन प्रवर्द्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविरलगायत आकर्षक गतिविधि समेटिने छन्। महोत्सवमा १ लाखभन्दा बढी अवलोकनकर्ताको उपस्थिति रहने अपेक्षा गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, व्यापारिक तथा लगानीका अवसर सिर्जना, काठमाडौँ उपत्यकाको सांस्कृतिक तथा पर्यटन पहिचान सुदृढीकरण, व्यवसायिक नेटवर्किङ विस्तार तथा नयाँ उद्यमी र स्टार्टअपलाई प्रेरणा प्रदान गर्ने संघको विश्वास छ। यसले रोजगारी बढाउने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स, हस्तकला, कृषि–मेसिनरी, फर्निचर, फूड एण्ड बेभरेज, सूचना प्रविधि, ट्राभल एण्ड टुर, रियलस्टेट, हर्बल तथा अर्गानिक उत्पादन, बैंक तथा वित्तीय संस्था लगायतका विविध क्षेत्रका व्यवसायहरूले महोत्सवमा सहभागिता जनाउनेछन्।

अवलोकनकर्तामा सर्वसाधारण, उद्यमी, युवा उद्यमी, विद्यार्थी, स्टार्टअप, पर्यटक, फुड लवर्स, अन्तर्राष्ट्रिय पाहुना, आयात–निर्यात व्यवसायी, रिटेलर तथा कला–संस्कृति पारखीहरूको उल्लेखनीय सहभागिता रहने संघले जनाएको छ।

महोत्सवका लागि Title Sponsor, Diamond, Gold, Silver Sponsor, Exhibition Partner तथा विशेष Supporting Packages सहितका प्रायोजन अवसर खुला गरिएका छन्। सहभागी संस्थाहरूलाई मिडिया प्रमोशन, डिजिटल क्याम्पेन, टिभी/रेडियो/प्रिन्ट विज्ञापन, बाहिरी होर्डिङ, ब्यानर, ग्राउन्ड एक्टिभेशन लगायत व्यापक प्रचार–प्रसार सुविधा उपलब्ध गराइने संघले उल्लेख गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?

काठमाडौँ महोत्सव २०८२' भृकुटीमण्डपमा हुने, २०० भन्दा बढी व्यवसायिक स्टलको सहभागिता | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस