National life
cg eloctronics

भक्तपुर र काठमाडौंका दुई उद्योगलाई २ लाख ५० हजार जरिवाना

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२३ पुस २०८२, बुधबार
1.1kShares
भक्तपुर र काठमाडौंका दुई उद्योगलाई २ लाख ५० हजार जरिवाना
ncell

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार गरिएको बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि दुई वटा उद्योगलाई नगद जरिवाना गरेको छ।

विभागका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका–२ मा अवस्थित मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिजलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ। त्यसैगरी, काठमाडौंस्थित श्री पोलिथिन एण्ड प्लास्टिक उद्योग प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना तिराइएको छ।

अनुगमनका क्रममा ती उद्योगहरूले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२)(क) तथा दफा ३८ अनुसारको कसुर गरेको पाइएकाले सोही ऐनको दफा ३९(१)(ख) बमोजिम कारबाही गरिएको विभागले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विभागले काठमाडौं र भक्तपुरका विभिन्न १७ वटा उद्योग तथा फर्महरूमा स्थलगत अनुगमन तथा निरीक्षण गरेको थियो। सो क्रममा १५ वटा फर्ममा सामान्य त्रुटि देखिएकाले सुधारात्मक निर्देशन दिइएको छ।

स्थानीय प्रशासन र उपभोक्ता अधिकारकर्मीहरूको सहभागितामा विभागले उपभोक्ता हित संरक्षणका लागि नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण कार्यलाई निरन्तरता दिँदै आएको पनि जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?