काठमाडौँ । आम जनता पार्टी (आजपा) निकट उद्योग वाणिज्य संघ गठन गरिएको छ ।
रौतहटका साजन कुमार जयसवालको संयोजकत्वमा पछि थप गर्नेगरी ६४ सदस्यीय कार्यसमिति गठन गर्दै संघ गठन गरिएको हो ।
आजपाका अध्यक्ष प्रभु साहले जिम्मेवारी प्राप्त गर्नुहुने सम्पूर्णमा एकमुष्ट बधाई सहित सफल कार्यकालको शुभकामना दिएका हुन्।



































