काठमाडौं। डिशहोम गोमा नेपाल र क्यानाडा बीचको सिरिज एच डी क्वालिटीमा प्रसारण हुने भएको छ ।
क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडा बीचको सिरिज २०२४ फेब्रुअरी ८-१२ मा हुने भएको छ ।
उक्त ओडीआईका खेलहरू त्रिभुवन विश्विद्यालय क्रिकेट मैदानमा हुने भएको छ। यस खेलको प्रत्यक्ष प्रसारण मात्र एक्सन स्पोर्ट एचडी १ र डिसहोम गोमा एचडी क्वालिटीमा प्रसारण गर्ने भएको छ।
डिशहोम गोले कास्कीको पोखरामा आयोजना भएको २३ औं संस्करणको आहा१ रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरेको थियो ।

































