काठमाडौँ। कर्पोरेट मिडिया ग्रुपकी बिजनेश डिरेक्टर समेत रहेकी संगीता खत्री लाई महिला चेम्बर अफ कमर्शले सम्मान गरेको छ।
खत्रीले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि सञ्चारमाध्यमबाट उल्लेखनीय भूमिका निर्वाह गरेकोप्रति सम्मान गर्दै र महिला चेम्बरको हरेक क्रियाकलापहरूमा सञ्चार माध्यममार्फत सक्रियतापूर्वक योगदान पुर्याएको स्मरण गर्दै खत्रीलाई सम्मान गरिएको हो ।
खत्रीलाई अन्तर्राष्ट्रिय महिला दिवस, २०२४ को अवसर पारेर नेपाल महिला चेम्बरले भृकुटीमण्डपमा आयोजना गरेको विशेष समारोहमार्फत सम्मान गरेको हो ।
उनलाई महिला चेम्बर अफ कमर्शकी अध्यक्ष उर्मिला श्रेष्ठ, महासचिव लीमा अधिकारी र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाललगायतले सम्मान गरेका थिए।

































