National life
cg eloctronics

“सन नेपाल लाइफद्वारा वृक्षारोपण र न्यानो ज्याकेट वितरण कार्यक्रम सम्पन्न”

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१६ पुस २०८२, बुधबार
904Shares
“सन नेपाल लाइफद्वारा वृक्षारोपण र न्यानो ज्याकेट वितरण कार्यक्रम सम्पन्न”
ncell

काठमाडौं। वातावरण संरक्षण, सामुदायिक कल्याण र दिगो विकासलाई केन्द्रमा राख्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरमको आयोजनामा तथा बिरेन्द्र नगरपालिकाको सहकार्यमा अर्को चरणको वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

“न्यानो ज्याकेट वितरण, बिउ वितरण तथा वृक्षारोपण कार्यक्रम” अन्तर्गत सञ्चालन गरिएको यस अभियानले वातावरणीय सन्तुलन कायम गर्नुका साथै समुदायस्तरमा सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। कार्यक्रम वीरेन्द्रनगर क्षेत्र केन्द्रित भई आयोजना गरिएको थियो। सो कार्यक्रममा ५० जना बिद्यार्थीलाई कम्पनीले ज्याकेट वितरण पनि गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, कर्णाली प्रदेश प्रमुख गोविन्द ढकाल तथा नेपाल बीमा प्राधिकरणका प्रदेश प्रमुख नील लामिछानेको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै लुम्बिनी वर्ल्ड पिस फोरमका प्रतिनिधि, स्थानीय सरोकारवाला तथा कम्पनीका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमका अवसरमा बोल्दै प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले वातावरण संरक्षण र सामाजिक सेवा सन नेपाल लाइफको संस्थागत दर्शनको अभिन्न अङ्ग भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई देशव्यापी रूपमा निरन्तर विस्तार गरिँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरमसँगको सहकार्यमा वातावरणीय सन्तुलन, सामाजिक जिम्मेवारी र दिगोपनलाई जोड दिँदै वृक्षारोपण, न्यानो कपडा वितरण तथा समुदाय–केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

हाल कम्पनीले देशभर १४८ शाखा तथा उप-शाखामार्फत जीवन बीमा सेवा प्रदान गर्दै नेपाली नागरिकको वित्तीय सुरक्षा र सामाजिक विकासमा योगदान पुर्‍याउँदै आइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
904SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?