काठमाण्डौ । तीन जना भारतिय नागरिकहरुले रौतहट जिल्लामा रहेको मनि ट्रान्फसर सञ्चालकलाई कञ्चटमा गोलि हानेका छन् । चोरी गर्ने उदेश्यले छिरेका उनीहरुले गोलि समेत प्रहार गरेका हुन् ।
शिव मनि ट्रान्सफरका सञ्चालक नितेश साहलाई गोलि हानिएको हो । २६ वर्षका साहलाई विरगंज अस्पतालतर्फ लगिएको छ ।
साथै,गोलि चलाउँने भारतियहरु समेत प्रहरीको नियन्त्रणमा आइसकेका छन् ।

































