काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले मनोवैज्ञानिक स्तर २,६०० अंक सहजै पार गर्दै बजारमा ट्रेन्ड परिवर्तनको स्पष्ट संकेत दिएको छ ।
नेप्सेले ५० दिने चलायमान औसत (Moving Average) भन्दा माथि क्लोजिङ दिएपछि बजार अब सकारात्मक हुने आसा गरिएको छ ।

नेप्से अहिले २,६५० देखि २,६६० को ’डबल टप’ प्रतिरोधमा पुगेको छ । यदि बजारले यो प्रतिरोध स्तरलाई सफलतापूर्वक पार गर्न सकेमा यसले नयाँ उच्च विन्दु (Higher High) बनाउने देखिएको छ ।
२,६६० भन्दा माथिको क्लोजिङ आएमा आगामी दिनका लागि नेप्सेको लक्षित स्तरहरू क्रमशः २,७१०, २,७४५, २,८०० र २,८८० रहने अनुमान गरिएको छ । आजको कारोबार रकम अघिल्लो दिनको तुलनामा वृद्धि हुँदै ७ अर्ब ३ करोड रुपैयाँ नाघेको छ । बजारमा खरिद दबाब रहेको देखिएको छ ।
आज २१५ स्क्रिप हरियो (बढेका) भने ३७ स्क्रिप मात्र रातो (घटेका) थिए । ६ स्क्रिप अपरिवर्तित रहको देखिएको छ ।
जीवन बीमा, उत्पादन, होटल र बैंकिङ समूहले बजार सूचक बलियो बनाउन महत्वपूर्ण सहयोग पु¥याएका छन् ।
बजार अहिले पूर्ण रूपमा सकारात्मक धारमा रहेको र २,६६० माथिको क्लोजिङले आगामी दिनमा बजारलाई थप बढ्न सक्ने देखिन्छ ।































