National life
cg eloctronics

अब होस्टल पनि ‘हाई-टेक’ : कहाँ एपको नयाँ स्मार्ट सेवा सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२६ मंसिर २०८२, शुक्रबार
855Shares
अब होस्टल पनि ‘हाई-टेक’ : कहाँ एपको नयाँ स्मार्ट सेवा सार्वजनिक
ncell

काठमाडौं। डिजिटल ठेगाना तथा लोकेसन आधारित प्रविधिमा सक्रिय ‘कहाँ एप’ले विद्यार्थीसँगै होस्टल सञ्चालन गर्ने व्यवसायीलाई लक्षित गर्दै ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ प्रणालीले होस्टलसम्बन्धी दैनिक प्रशासनिक कार्यलाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र सहज बनाइनेछ।

कहाँ एपले पहिलेदेखि नै ‘कहाँ ट्याग’ मार्फत नेपालभरका घर, संस्था र व्यवसायहरूको डिजिटल ठेगाना प्रणाली विकास गरिरहेको छ। यसका साथै ललितपुर महानगरपालिका तथा विभिन्न सरकारी–निजी संस्थासँग सहकार्य गर्दै एपले सेवा दायरा विस्तार गरेको छ। कम्पनीले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा १०० पर्यटन गन्तव्यको डिजिटल प्रमोशन समेत सम्पन्न गरिसकेको छ। कहाँ एपका अनुसार परीक्षण चरणमै आधा दर्जनभन्दा बढी होस्टलले नयाँ फिचर प्रयोग गरिसकेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नयाँ फिचरका प्रमुख सुविधाहरू

विद्यार्थीको डिजिटल आवागमन ट्र्याकिङ: विद्यार्थीहरू होस्टल प्रवेश–निस्कासन गरेको समय एपमा स्वचालित रूपमा अभिलेख हुने व्यवस्था छ, जसले सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने कम्पनीको दाबी छ।

स्वचालित हाजिरी: अब दैनिक हाजिरी कागजमा होइन, एपमै सुरक्षित रूपमा भण्डारण हुन्छ। आवश्यक रिपोर्ट व्यवस्थापकले एक क्लिकमै निकाल्न सक्नेछन्।

सूचना तथा नोटिफिकेशन: होस्टलका नियम, सूचना, शुल्क विवरण तथा आपतकालीन जानकारी विद्यार्थीले वास्तविक समयमा पाउन सक्नेछन्।

अटोमेटिक बिलिङ: होस्टल शुल्क, खाने–बस्ने खर्च र अन्य सेवाका बिल स्वचालित रूपमा एपमै उपलब्ध हुन्छन्। विद्यार्थीले तिर्न बाँकी रकमसमेत तत्काल हेर्न सक्छन्।

भर्चुअल ३६०° टुर र बेड बुकिङ: विद्यार्थीले कोठा तथा बेडको ३६०° दृश्य हेरी उपलब्ध बेड छनोट गर्न सक्छन् र मनपरेको बेड एपमार्फत बुक गर्न सक्छन्।

स्टुडेन्ट बुकिङ प्रणाली: नजिकका तथा मनपर्ने होस्टल खोजी, विवरण अवलोकन र अनलाइन बुकिङ गर्ने सुविधा पनि समावेश गरिएको छ।

स्मार्ट डोर बेल: डिजिटल डोर बेलमार्फत पाहुना वा विद्यार्थीको प्रवेश गतिविधि व्यवस्थापकलाई वास्तविक समयमा मोबाइलमा सूचित हुन्छ।

कहाँ एपबारे

स्थान र सेवासम्बन्धी विस्तृत जानकारी, लोकेशन, नेभिगेसन, भर्चुअल टुर, क्यूआर स्क्यान प्रणाली तथा जिओफेन्सिङ अलर्टजस्ता सुविधा उपलब्ध गराउँदै ‘कहाँ एप’ एकीकृत डिजिटल सेवा प्लेटफर्मको रूपमा विकसित भएको कम्पनीले जनाएको छ। एपमा व्यवसाय, होटल, होस्टल, सम्पदा तथा विभिन्न सेवाका प्रोफाइल समेटिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
855SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?