National life

आजको प्रतिनिधिसभाको बैठकमा तीन मन्त्रीले जवाफ दिँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० चैत २०८०, मङ्गलबार
603Shares
आजको प्रतिनिधिसभाको बैठकमा तीन मन्त्रीले जवाफ दिँदै
ncell

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। अहिले बिहान ११ बजे बोलाइएको आजको बैठका तीन जना मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ। जस अनुसार वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारीमा रहेका मन्त्रीले मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ दिने छन् ।

बैठकमा सभामुखले देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ।

Royal Enfield
nic asia capital
उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक बडापत्रको प्रावधानमाथि सदनमा छलफल र अनुमोदनका लागि प्रस्ताव गर्ने कार्यसूची छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
603SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?