National life

आज उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक विदा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ साउन २०८१, आइतबार
448Shares
आज उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक विदा
ncell

काठमाडौँ । आज आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको निधन भएकाले शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

विसं २०२१ असार २० गते जन्मिएका विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।

फोरमका अध्यक्ष चीरीबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उनको निधनको खबरले काठमाडौँ उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख छ ।

Royal Enfield
nic asia capital

‘उनको मृत्युले कीर्तिपुर नगरपालिकालगायत काठमाडौँ उपत्यकाको विकासमा अपूरणीय क्षति पुगेको महसुस भएको । उनले यस फोरममा रही  पुर्‍याएको योगदान हाम्रा लागि अविस्मरणीय छन्”, विज्ञप्तिमा भनिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
448SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?