National life
cg eloctronics

आज भूकम्प गएको ९ वर्ष पूरा, भएन ९२ हजार परिवारका घर पुनर्निर्माण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ वैशाख २०८१, बुधबार
781Shares
आज भूकम्प गएको ९ वर्ष पूरा, भएन ९२ हजार परिवारका घर पुनर्निर्माण
ncell

काठमाडौँ । आज वैशाख १२ गते अर्थात् विनाशकारी भूकम्प गएको दिन। यसलाई नेपालीहरूको कालो दिनको रूपमा समेत हेरिने गरिन्छ । आज भूकम्प गएको ९ वर्ष पूरा भएको छ।

२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको आज ९ वर्ष पूरा भएको हो। मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९७० जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्याङ्क छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२२ हजार भन्दा घाइते भए। पाँच लाख ११ हजार ३९० घर ध्वस्त भए। दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुग्यो । भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो।

त्यस्तै भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलान्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो।

भूकम्पमा परेर मृत्यु भएका नागरिकहरूको स्मृतिमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ। गाउँपालिका अध्यक्ष विष्णु भट्टले मङ्गलवार सूचना जारी गर्दै बुधवार गाउँपालिकाभर बिदा दिएको जनाएका हुन्  ।

भूकम्पमा परेर मृत्यु भएका नागरिकहरूको सम्झनामा गाउँपालिकाले आज बिहान ११ः ४५ बजे हिमालय माविको खेलमैदानमा श्रद्धाञ्जली कार्यक्रम पनि राखेको छ। भूकम्प गएको ९ वर्ष बितिसक्दा पनि अझै ९२ हजार परिवारका घर पुनर्निर्माण हुन सकेको छैन ।

महाभूकम्पको पुनर्निर्माणमा पौने चार खर्ब सकिएको छ  । त्यति धेरै रकम खर्च भए पनि अझै कतिपय पुरातात्त्विक संरचना पनि अधुरै छन् । पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण समेत विघटन भइसकेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
781SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?