काठमाडौँ। मनसुन सक्रियभएसँगै सबैको साझा समस्या हो कपडा धोएर कसरी सुकाउने त भन्ने । यही समस्याको मध्यनजर गर्दै बजारमा एलजीले आफ्नो विभिन्न क्षमताका वाशर ड्रायरहरू उपलब्ध गराएको छ ।
सामान्यतया वासिङ मेसिनले कपडा धुने मात्रै काम गर्छ, सुकाउनका लागि भने घामकै निर्भर हुनुपर्छ। सोही अवस्थालाई दृष्टिगत गर्दै सिजी इलोक्ट्रोनिक्सले कपडा सुकाउने सुविधा भएको एलजीको वाशर ड्रायर वासिङ मेसिन बजारमा ल्याएको छ।
नेपालको आधिकारिक बिक्रेता सिजी इलोक्ट्रोनिक्सले भित्र्याएको यस वाशर ड्रायर वासिङ मेसिनले दुई घण्टा भित्र कपडा धुने र सुकाउने काम गर्न सक्ने कम्पनीको दाबी छ । न्यूनतम आठ केजीदेखि २१ केजीसम्म लुगा धुन र सुकाउन सक्ने क्षमताका वासर ड्रायर वासिङ मेसिन उपलब्ध रहेको कम्पनीको भनाइ छ।
एलजीका पछिल्ला सम्पूर्ण वाशर ड्रायर वासिङ मेसिनहरू कृत्रिम बौद्धिकता अर्थात् आर्टीफिसीयल इन्टीलिजेन्स ९एआई०जडित छन्। नेपालमा एआई जडित वासिङ मेसिन एलजीको मात्रै भएको पनि कम्पनीले जनाएको छ।
एआई जडित वासिङ मेसिनले विभिन्न कपडाको प्रकार पत्ता लगाई त्यसका लागि उपयुक्त वाश साईकल आफै चयन गरेर धुन्छ। साथै एलजीका वाशर ड्रायर वासिङ मेसिनहरुमा वाइफाइबाट कनेक्ट गरी मोबाईल एप ९थिन क्यु० मार्फत जुनसुकै ठाउँबाट पनि चलाऊन सकिन्छ।
यस्तै, ग्राहकको घरसम्म निःशुल्क ढुवानी गरेर जडान र परिक्षण समेत गरिने बताइएको छ। साथै वासिङ मेसिनमा १० बर्षको वारेन्टी समेत रहेको सिजी इलोक्ट्रोनिक्सले जानकारी दिएको छ।
































