National life
cg eloctronics

एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्कायो

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२८ मंसिर २०८२, आइतबार
909Shares
एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्कायो
ncell

काठमाडौं । नेकपा एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ । ११औँ महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बैठकमा ओलीले विधान संशोधनको प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले ताली बजाएर समर्थन गरेपछि पारित भएको घोषणा गरिएको छ । सो निर्णप्रति वरिष्ठ उपाध्यक्ष पोखरेलले विमति जनाउँदै बैठकमा सम्बोधन गरेका छन् । सुरेन्द्र पाण्डेले पनि संशोधन गर्ने नै भए २ कार्यकाल र ७० वर्षे उमेर हद हटाउनुपर्ने बताएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अब बन्द सत्रबाट अध्यक्षसहित, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३, सचिव ७, स्थायी कमिटी ४५, पोलिटब्युरो ९९, समेत ३०१ सदस्यीय केन्द्रीय कमिटी बन्ने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए । भदौ अन्तिम साता गोदावारीमा भएको विधान सम्मेलनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित १५ सदस्य रहेको पदाधिकारीसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
909SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?