National life
cg eloctronics

काँग्रेस नेता चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ३ करोड ६८ लाख रुपैयाँ बिगो कायम

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२८ मंसिर २०८२, आइतबार
792Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काँग्रेसका नेता तथा निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार चालिसेविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ बिगो कायम गर्दै बिगोबराबरको जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत तथा कैद सजायको मागसहित मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार चालिसेले सार्वजनिक पदमा रहँदा वैध आम्दानीभन्दा बढी सम्पत्ति आर्जन गरेको देखिएको छ । आयोगले अनुसन्धानका क्रममा उनको आय–व्यय विवरण विश्लेषण गर्दा उल्लेखित रकम बराबरको सम्पत्ति अवैध रुपमा आर्जन गरेको निष्कर्ष निकालेको जनाएको छ ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

चालिसे २०७४ सालको स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । त्यसपछि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भई संघीय संसदमा प्रतिनिधित्व गरेका थिए ।

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
792SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?