National life

केपी ओलीको स्पष्टोक्तिः आयोगले बोलाउँदैमा लुरुलुरु बयान दिन जान्नँ

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०२ कात्तिक २०८२, आइतबार
1.1kShares
केपी ओलीको स्पष्टोक्तिः आयोगले बोलाउँदैमा लुरुलुरु बयान दिन जान्नँ
ncell

काठमाडौं, २ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा बयान दिन नजाने प्रष्ट पारेका छन् । आज सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले आयोगले जहाँ र जहिल्य भन्छ आफूले त्यहाँ गएर बयान नदिने बताएका हुन् ।

‘केपी ओली सोझो छ भन्दैमा आयोगहरु जसले जहाँ–जहाँ बनाउँदै हिँड्छ, जसले सोध्दै जान्छ, त्यहाँ त्यहाँ लुरुलुरु गएर बयान दिने काम केपी ओलीले गर्दैन । थाहा होस् ।

Royal Enfield
nic asia capital
कुनै भ्रममा आफैंलाई धोका दिने काम केपी ओलीले गर्दैैन,’– उनले भने ।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा भएको दमन, तोडफोड र आगजनीको सन्दर्भमा छानविन गर्न सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएको छ । उक्त आयोगले ओलीको पासपोर्टसमेत रोक्का राख्न पत्राचार गरेको छ भने ओलीलाई काठमाडौं उपत्यका छाड्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?