काठमाडौं । गए राति परेको भारी वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीले अस्थायी पुल बगाएको छ।
मेलम्ची नगरपालिका–११, फट्टेस्थित अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका सूचना अधिकारी अर्पना श्रेष्ठले जानकारी दिएकी छिन् । ०७८ को बाढीले पुल बगाएपछि उक्त स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो।
मेलम्ची बजार र मेलम्ची नगरपालिकाका वडा नम्बर–७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर–१ र २ र हेलम्बुको केही वडालाई उक्त अस्थायी पुलले जोडेको थियो ।

































