National life
cg eloctronics

गोदरेजले गर्‍यो टी२० विश्वकपमा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२३ पुस २०८२, बुधबार
910Shares
गोदरेजले गर्‍यो टी२० विश्वकपमा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता सार्वजनिक
ncell

काठमाडौं । गोदरेज नेपालले भारतको मुम्बईस्थित वानखेडे स्टेडियम मा आयोजना हुने टी२० विश्वकप अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता योजनाका विजेता सार्वजनिक गरेको छ।

उपभोक्तालाई घरायसी जीवनसँगै अन्तर्राष्ट्रिय खेलकुदको रोमाञ्चसँग जोड्ने उद्देश्यले गोदरेज नेपालले गत मंसिर २९ गतेदेखि देशभर लागू गरेको यस विशेष क्याम्पेनअन्तर्गत पहिलो चरणका भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पहिलो चरणको विजेता काठमाडौं, टोखा निवासी लुना ज्ञवाली हुन्। उनले Khadadevi Electronics-Godrej को आधिकारिक बिक्रेताबाट Godrej Washing Machine खरिद गरी योजनामा सहभागिता जनाएकी थिइन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा सहित वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको एक खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछिन्। उक्त यात्रा प्याकेजमा हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च गोदरेज नेपालले नै व्यहोर्ने जानकारी दिएको छ।

गोदरेज नेपालले यस योजनामार्फत आफ्ना उपभोक्तालाई केवल उत्पादन मात्र नभई स्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। कम्पनीका अनुसार नेपालका पहिलो चरणका खेलहरू मुम्बईमै आयोजना हुने भएकाले नेपाली क्रिकेटप्रेमीका लागि यो अवसर अझै विशेष रहनेछ।

क्याम्पेनमा सहभागी हुन गोदरेजका कुनै पनि आधिकारिक उत्पादन खरिद गरी एसएमएस पठाउनुपर्ने व्यवस्था गरिएको छ। SMS गर्ने तरिका: Type: GODREJ [space] Warranty Card No. [space] Product Name [space] Customer Name [space] Address SMS पठाउने नम्बर: 31003

सीमित अवधिका लागि नेपालभर लागू गरिएको यस योजनामा अझै पनि क्ःक् मार्फत सहभागी भई विजेता बन्ने अवसर बाँकी रहेको गोदरेज नेपालले जनाएको छ। कम्पनीले उपभोक्तालाई नजिकको आधिकारिक बिक्रेताबाट गोदरेजका उत्पादन खरिद गरी योजनामा सहभागी हुन आग्रह गरेको छ।

गोदरेज नेपालले उपभोक्तालाई सकेसम्म छिटो गोदरेज का उत्पादन खरिद गरी एसएमएस मार्फत सहभागिता जनाउन आग्रह गरेको छ, किनकि जति चाँडो सहभागिता जनाइन्छ, त्यति नै छिटो तथा बढी टी२० विश्वकप अन्तर्गत ५ दिन ४ रातको मुम्बई यात्रा र खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त हुने सम्भावना बढ्ने कम्पनीको भनाइ छ।

गोदरेज नेपालका अनुसार यो क्याम्पेनले ब्रान्डप्रतिको विश्वास थप मजबुत बनाउनुका साथै क्रिकेटप्रेमी नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्ने विश्वास लिइएको छ।

यो समाचार शेयर गर्नुहोस्
910SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?