National life
cg eloctronics

गोरखाको मनास्लु पदमार्गमा आवतजावत खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१६ कात्तिक २०८२, आइतबार
1.3kShares
गोरखाको मनास्लु पदमार्गमा आवतजावत खुला
ncell

काठमाडौँ । उत्तरी गोरखाको मनास्लु पदमार्गमा आजदेखि आवतजावत खुला गरिएको छ । गत बिहीबारदेखि अत्यधिक हिमपात र वर्षाका कारण पहिरोको जोखिम बढेपछि आवतजावतका लागि बन्द गरिएको पदमार्ग आजदेखि खुला गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिएका छन् ।

पदयात्रामा निस्किएका पर्यटकहरुलाई पथप्रर्दशकको सहयोगमा पदमार्गको आवश्यक सूचना लिएर मात्र सुरक्षित आवातजावत गर्न पनि जिल्ला प्रशासनले अनुरोध गरेको छ । “जल तथा मौसम विज्ञानले मौसममा क्रमिक सुधार हुने प्रक्षेपण गरेकाले पदमार्ग खुला गरिएको हो”, बरालले भने, “पदयात्राका क्रममा समस्या परे मनास्लु संरक्षण क्षेत्र, नजिकको सुरक्षा निकायबाट जानकारी लिन भनिएको छ ।”

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय गोरखाका प्रमुख सन्तोष शेरचनले मनास्लु पदमार्गमा पदयात्रामा निस्कँदा मौसमसम्बन्धी जानकारी लिएर निस्कन र वर्षाका कारण केही ठाउँमा पदमार्ग बिग्रिएकाले सावधानी अपनाउन अनुरोध गरे ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?