National life

चुनावको तयारी अझै द्रूततर गतिमा अघि बढाइँदै छ : प्रधानमन्त्री कार्की

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०१ कात्तिक २०८२, शनिबार
1.1kShares
चुनावको तयारी अझै द्रूततर गतिमा अघि बढाइँदै छ : प्रधानमन्त्री कार्की
ncell

काठमाडौं, १ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले चुनावको लागि वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिईएको विश्वास दिलाएकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग आज गृहमन्त्री र अन्य मन्त्रीहरुको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग भएको छलफलबारे जानकारी दिँदै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।

उनले भने,‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू, गृहमन्त्री र अन्य मन्त्रीहरूसमेतको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग निर्वाचनको तयारी र सुरक्षा अवस्थाका विषयमा आज शीतलनिवासमा गम्भीर छलफल गरेका छौँ। चुनावको वातावरण तयार गर्न भइरहेका प्रयासको समीक्षा भएको छ ।

Royal Enfield
nic asia capital
सबै सुरक्षा प्रमुखहरुले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराउनुभएको छ। चुनावको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको छ। राजनीतिक दलहरूसँग संवादको सुरुवात भएको छ ।’

उनले फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको पनि दाबी गरेकी छिन् । उनले भनेकी छिन्–‘तयारी अझै द्रूततर गतिमा अघि बढाइँदै छ। सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौँ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?