काठमाण्डौ । नेपालमा विवाह गर्न आउने पर्यटकलाई आकर्षित गर्ने योजना ल्याउने भएको छ ।
अर्थमनत्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट पेश गर्दै नेपालमा वैवाहिक समारोह गर्न आउने विदेशी पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा विकास गरिने बताएका हुन्।
मन्त्री पुनले रामजानकी विवाहस्थल जनकपुरलाई वेडिङ हब र गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हबको रूपमा प्रवर्द्धन गरिने बताएका हुन् ।


































