National life

टि २० विश्वकपका खेलहरुमा क्रिकेटर सन्दिप लामिछाने समावेश हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ जेठ २०८१, सोमबार
426Shares
टि २० विश्वकपका खेलहरुमा क्रिकेटर सन्दिप लामिछाने समावेश हुने
ncell

काठमाडौं । आईसीसी पुरुष टि २० विश्वकप २०२४ का लागि सन्दिप लामिछाने वेस्ट इण्डिजमा हुने खेलहरुमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले सोमबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी गराएको छ ।

उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो।

सन्दीप लामिछाने गत में १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेको क्यानद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

Royal Enfield
nic asia capital
साथै, लामिछानेको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको जानकारी समेत गराइएको छ।

‘यस्ता अनावश्यक र आधारहीन वक्तव्यबाजीतर्फ नलागी, नेपाली क्रिकेटका शुभचिन्तक सबैले देखेको हाम्रो नेपाली क्रिकेटको उज्ज्वल भविष्य साकार पार्न यहाँको आफ्नो क्षमताले भ्याएसम्म स–साना भए पनि सकारात्मक टिप्पणीसहित प्रयास र पहल गरिदिनुहुने हार्दिक आह्वान गर्न चाहन्छौँ । सचिव पारस खड्काले विज्ञप्तिमा भनेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
426SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?