National life

टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा. सुमन थपलिया सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ वैशाख २०८१, बुधबार
409Shares
टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा. सुमन थपलिया सम्मानित
ncell

काठमाडौँ । ड्यामसोल टेक्नोलोजीद्वारा आयोजित टेक्नोलोजी एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नेपाल, भारत, बङ्गलादेश, भुटान र अस्ट्रेलियाका आफ्ना क्षेत्रमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

नेपालबाट साइबर सेक्युरिटी एक्याडेमिमा उल्लेखनीय योगदान प्रदान गरेका डा. सुमन थपलियालाई ड्यामसोल टेक्नोलोजीद्वारा टेक्नोलोजी एक्सिलेन्सी अवार्डले सम्मान गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विगत ८ वर्षदेखि नेपालको साइबर सेक्यिुरीटि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका डा. थपलियालाई उक्त अवार्डले सम्मान गरिएको हो । कार्यक्रममा म्युजिक आन्ट्रपेन्र्युर, एक्याडेमिया, सोसियल अफ्यर लगायत विभिन्न विधामा अन्य व्यत्तित्वहरुलाई सम्मान गरिएको थियो ।

पूर्व राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिम्सिना, पूर्व उपप्रधानमन्त्री सुजता कोइराला लगायतको उपस्थिति थियो । कार्यक्रममा प्रमुख अतिथि सांसद सुजाता कोइरालाको हातबाट अवार्ड प्रदान गरिएको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
409SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?