National life
cg eloctronics

डिशहोम GO मा सशक्त नेपाली चलचित्र ‘एक भागवत र एक गीता’

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१९ माघ २०८२, सोमबार
819Shares
डिशहोम GO मा सशक्त नेपाली चलचित्र ‘एक भागवत र एक गीता’
ncell

काठमाडौं । यथार्थ परक र सीमान्तकृत समुदायको आवाजलाई सशक्त रूपमा प्रस्तुत गरिएको चलचित्र “एक भागवत र एक गीता’ अब डिशहोम GO मा दर्शकहरुलाई उपलब्ध भएको छ ।

कथाबस्तु कमला माई (विपिन कार्की)को वरपर घुमेको छ। जनकपुर वरपरका तेस्रो लिंगी समुदायको नेतृत्व र संरक्षण गर्दै समाजमा व्याप्त भेदभाव, पूर्वाग्रह र मानवीयताका लागि लडिएको घटनाक्रमलाई मार्मिक रुपले प्रस्तुत गरिएको ‘एक भागवत र एक गीता’ चलचित्रले समावेशिता, समानता र मानव अधिकारको वकालत गरेको छ।

यो चलचित्र नेपालभित्र रु. २२५ र नेपाल बाहिर USD १.९९ तिरेर डिशहोम GO मा दर्शकहरुले हेर्न सक्नेछन्। झरना थापाको निर्देशनमा बनेको यो चलचित्रमा विपिन कार्की, सुहाना थापा, धिरज मगर, जभिस र जभिन श्रेष्ठ तथा कबीर खड्काको प्रभावशाली अभिनय रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

डिशहोम GO एक नेपाली ओटिटि प्ल्याटफर्म हो, जहाँ दर्शकहरूले नेपाली तथा अन्तराष्ट्रिय चलचित्रहरु, सिरिज, टेलिभिजन कार्यक्रम, खेलकुद, सर्ट फिल्महरू तथा नेपाली भाषामा डब गरिएका कोरियन ड्रामा लगायत विविध श्रब्यदृष्य सामग्रीहरु सहजै हेर्न सकिन्छ।

संसारभर, जुनसुकै बेला गुणस्तरीय मनोरञ्जनका लागि डिशहोम GO तपाईंको भरपर्दो माध्यम हुन सक्छ ।

यो समाचार शेयर गर्नुहोस्
819SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?