काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र केही मन्त्री सहितको टीमले पदको शपथ लिए लगत्तै लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदको सालिकमा माल्यार्पण गरेका छन्।
प्रधानमन्त्री ओली शीतल निवासमा आयोजित शपथ समारोहबाट सिधै लैनचौर पुगेर सहिदको सालिकमा माल्यार्पण गरेका हुन्। त्यसपछि प्रधानमन्त्री तथा मन्त्रीहरू सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन् ।
































