National life
cg eloctronics

नेपालको रेडीटुड्रिङ्क विधामा अग्रणी फड्को, ‘रुस्लान रिफ्रेसिङ अल्कोहोलिक पेय’ सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०४ फागुन २०८२, सोमबार
950Shares
नेपालको रेडीटुड्रिङ्क विधामा अग्रणी फड्को, ‘रुस्लान रिफ्रेसिङ अल्कोहोलिक पेय’ सार्वजनिक
ncell

काठमाडौँ । जावलाखेल डिस्टिलरी प्रा.लि.ले नेपालको रेडीटुड्रिङ्क (आरटीडी) विधामा नयाँ उत्पादन सार्वजनिक गरेको छ। कम्पनीले ‘रुस्लान रिफ्रेसिङ अल्कोहोलिक पेय’ नामक पेय बजारमा ल्याएको जनाएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीका अनुसार नेपाली अल्कोहोल पेय बजारमा पहिलोपटक ‘पीच आइस टी’ स्वादमा आरटीडी उत्पादन प्रस्तुत गरिएको हो। ‘रुस्लान’ को पहिलो संस्करण ५ प्रतिशत अल्कोहोल मात्रा (एबीभी) सहित तयार गरिएको छ, जसलाई विशेषगरी नयाँ अनुभव र फरक स्वाद खोज्ने युवापुस्तालाई लक्षित गरिएको बताइएको छ।

विश्वव्यापी रूपमा लोकप्रिय सफ्ट पेय स्वादमध्ये पर्ने ‘पीच आइस टी’ लाई अल्कोहोलिक स्वरूपमा रूपान्तरण गर्दै आधुनिक र सहज रूपमा पिउन मिल्ने पेयका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ। सन्तुलित ५ प्रतिशत अल्कोहोल मात्राले परिचित स्वादलाई नयाँ अनुभवमा परिणत गर्ने उद्देश्य राखिएको उल्लेख छ।

कम्पनीले ‘रुस्लान’ लाई बदलिँदो जीवनशैली र सामाजिक संस्कृतिसँग जोडिएको ब्रान्डका रूपमा अघि बढाउने योजना बनाएको जनाएको छ। २७५ मिलिलिटरको क्यानमा उपलब्ध उक्त पेय हाल काठमाडौँका केही चयनित पसलहरूमा प्रतिक्यान २२५ रुपैयाँमा बिक्री भइरहेको छ।

जावलाखेल डिस्टिलरीका अनुसार यो उत्पादनले नेपालमा आरटीडी पेय बजारको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
950SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?