काठमाडौं । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।
आज बिहान पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो ।
सडक निर्माणका क्रममा खनेको ठाउँमा पहिरो गएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।अहिले पहिरो पन्छाउने काम जारी रहेको प्रहरीको भनाई छ ।
पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

































