National life
cg eloctronics

पूर्व गृहमन्त्री रमेश लेखकको विदेश भ्रमण रोक्का फुकुवा

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१७ पुस २०८२, बिहिबार
1KShares
पूर्व गृहमन्त्री रमेश लेखकको विदेश भ्रमण रोक्का फुकुवा
ncell

काठमाडौं । भाद्र २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व गृहमन्त्री रमेश लेखकमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ।

आयोगको सचिवालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै अनुसन्धानका लागि लिइएको पूर्व निर्णयअनुसारका कार्यहरू सम्पन्न भइसकेकाले लेखकको विदेश भ्रमणमा लगाइएको रोक्का हटाइएको जानकारी दिएको हो। यसअघि आयोगको निर्णयअनुसार अनुसन्धानको दायरामा रहेकाले पूर्व गृहमन्त्री लेखकलाई विदेश भ्रमण गर्न नपाउने तथा काठमाडौं उपत्यका बाहिर नजान पाउने गरी प्रतिबन्ध लगाइएको थियो।

आयोगले हाल अनुसन्धान प्रक्रिया सम्पन्न भइसकेपछि उक्त प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको जनाइएको छ। प्रतिबन्ध फुकुवासम्बन्धी निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय तथा स्वयं रमेश लेखकलाई बोधार्थ पठाइएको आयोगले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?