National life

पोर्चुगलमा समुद्रमा डुबेर धादिङका काका भतिजको मृत्यु ,काका अझै बेपत्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ चैत २०८०, सोमबार
554Shares
पोर्चुगलमा समुद्रमा डुबेर धादिङका काका भतिजको मृत्यु ,काका अझै बेपत्ता
ncell

काठमाडौँ । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। एक अर्का नेपाली युवा बेपत्ता भएका छन्।

शनिवार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका(५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो।

सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ भने बेपत्ता भएका छन्।

Royal Enfield
nic asia capital
दुवै जना शनिवार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले जानकारी दिए। बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो। टेकबहादुर हालसम्म बेपत्ता छन्।

धनबहादुर र टेकबहादुरसहित अन्य दुई नेपाली पनि सामुद्रिक जीव खोज्न गएका थिए। बेपत्ता टेकबहादुरको झोला र बाल्टी मात्रै भेटिएको योञ्जनले बताए।

धनबहादुरको शव परीक्षणका लागि मोन्तिजोस्थित बरेइरो अस्पतालको शव गृहमा राखिएको छ। दुवै जना समुद्रमा बेपत्ता भएपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गरिएको मोन्तिजो नेपाली समाज पोर्चुगलका सचिव प्रबल भट्टराईले जानकारी दिए। उद्धार टोलीले शनिबारदेखि नै विभिन्न माध्यममार्फत बेपत्ताको खोजी गरिरहेको छ।

धनबहादुर वैदेशिक रोजगारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए। यस्तै चार महिनाअघि क्रोसिया आएका टेकबहादुर १८ दिन अघि मात्रै पोर्चुगल आएका थिए। दुवै जना नाताले काका भतिज पर्छन्। दुवै जना मोन्तिजो बस्दै आएका थिए। रासस

यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?