National life
cg eloctronics

प्रचण्डलाई माओवाद त्यागेको भनेर पार्टी फुटाएका जनार्दन शर्माले कम्युनिष्ट विचारधारा नै त्यागे

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०७ मंसिर २०८२, आइतबार
510Shares
प्रचण्डलाई माओवाद त्यागेको भनेर पार्टी फुटाएका जनार्दन शर्माले कम्युनिष्ट विचारधारा नै त्यागे
ncell

काठमाडौँ । नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा छाडेका सन्तोष परियारसहितको एकता भएर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । आइतबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमबाट नयाँ पार्टीको घोषणा गरिएको हो।

पार्टीको चुनाव चिह्वन नेसपा नयाँ शक्तिले प्रयोग गर्दै आएको आँखा रहेको छ । यस्तै पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल रहने बताइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त सो पार्टीको रहेको छ । पार्टीको नेतृत्व समावेशी र सामूहिक भावका साथ अघि बढ्ने नेता सन्तोष परियारले बताए ।

कात्तिक २८ गते बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी(नयाँ शक्ति), जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपाबाट विद्रोह गरी आएका परियारलगायतबिच एकता गर्ने सहमति भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
510SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?